Categories खेलकुद समाचार

नेपाल टी–२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा दुई जना क्रिकेटरलाई पक्राउ गरेको छ ।

सिआईबीले राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई पक्राउ गरेको हो ।

Advertisement

सीआइबीले आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याउँदैछ । हालै सम्पन्न भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोप उनीहरुमाथि छ । उनीहरुसँगै नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न देखिएको सीआईबीले जनाएको छ ।

Advertisement

काठमाडौं ल्याइएसँगै उनीहरुमाथि सीआईबीले फिक्सिङबारे अनुसन्धान गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *