Rato Pana
समाचार

होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजद्वारा प्रजिअ ढकाललाई सम्मान तथा बिदाइ

बिरगंज । होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सम्मन सहित बिदाइ गरेको छ ।

संघले पर्साको १६ महिने कार्यकाल पूरा गरि गृह मन्त्रालय सरुवा भइ जान लाग्नुभएका ढकाललाइ होटल पुजनमा एक समारोहका बिच बिदाइ गरेको हो ।

सन्चार्कर्मी निरज पिठाकोटेले सहजीकरण गरेका उक्त कार्यक्रम होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न भएको थियो । विभिन्न होटल , रेस्टुरेन्ट तथा पर्यटन ब्यबसायी र मिडियाकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा मन्त्यब्ब राख्ने अधिकान्स बक्ताहरुले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको १६ महिने कार्यकालको खुलेरै प्रसंशा गरेका थिए ।

बिदाईको कार्यक्रममा आफ्नो मन्तब्य राख्दै संघका अध्यक्ष हरि पन्तले प्र जि अ उमेश ढकालको १६ महिने कार्यकाल होटल तथा पर्यटन ब्यबसायको लागि अत्यन्तै सहज भएको बताए । उनले भने ” उहाँको कार्यकालमा हामि ब्यबसायीहरुले ब्यापारिक सहजता र ब्यापरिक सुरक्षाको पुर्ण अनुभुती गर्न पायौ” । पन्तले उहाँको अगामी कार्यकालको लागि शुभकामना पनि दिनुभएको थियो ।

त्यसै गरि बिरगंज उद्योग बाणिज्य संघका पर्यटन सम्योजक एबम लोर्ड्स दियालोका संचालक अनुज रुङटाले प्र जि अ ढकालको ब्यापर मैत्री नीति र सबै संग घुलमिल हुनसक्ने बानी ब्यहोराको कारणले पनि उहाँको कार्यकाल निर्बिबाद भइ सफल भएको बनाउनु भयो ।

संघका बरिस्ठ उपाध्यक्ष रचिन्द्र थापा , महासचिब माधब बस्नेत , केन्द्रिय सदस्य हरु हिरा श्रेष्ठ , सन्दिप बस्न्यात , शेखर चौधरी लगाएतको सहभागी रहेको कार्यक्रममा पत्रकार महासङ पर्साका उपाधक्ष्र युब राज खतिवडा र होटल ब्यबसायी महासङ्का केन्द्रीय सदस्य सुरेन्द्र लाल श्रेष्ठलगाएतले मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

Leave a Comment