Categories विदेश समाचार

यात्रु बोकेको भ्यानमा आगलागी हुँदा ११ जनाको मृत्यु

Advertisement

काठमाडौं । थाइल्याण्डमा यात्रु बोकेको भ्यानमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् ।

Advertisement

यात्रु बोकेको भ्यान राजमार्गमा जाने क्रममा शनिबार राति नाखोन रातचासिमा प्रान्तमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण भ्यानमा आगो लागेको छ । गाडीमा जम्मा १२ जना सवार थिए ।

Advertisement

उक्त गाडी अमानत चारियोन प्रान्तबाट बैंकक जाँदै गरेको समाचार एजेन्सी एएफपीले प्रहरी अधिकृत यिंगोस पोलाडजेलाई उद्धृत गर्दै जनाएको छ ।

Advertisement

दुर्घटनालगत्तै एक यात्रुले झ्यालबाट निस्किएर ज्यान जोगाएका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *