Categories समाचार समाज

महिलालाई ९ सय कुवेती दिनारमा बिक्री गरेको अभियोगमा १ जना पक्राउ

Advertisement

काठमाडौं । मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-१४ बस्ने प्रकाश शाही ठकुरी भन्ने ४१ वर्षीय प्रकाश धिमाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धिमाललाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । 

Advertisement

म्यानपावर एजेन्टको काम गर्ने धिमालले कुवेतमा फ्रि भिसा र फ्रि टिकटमा राम्रो कमाई हुने काममा पठाइदिने भनि राहदानी लगायतका आवश्यक कागजपत्र बनाई ३/४ जना महिलालाई २०७९ बैशाख १२ गते काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत लगि ९ सय कुवेती दिनारमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो ।

Advertisement

साथै पीडितलाई दैनिक १० घण्टासम्म काममा लगाई श्रम शोषण गरेकोमा उपचार गर्नका लागि स्थानीय अस्पताल गएको समयमा पीडित उक्त अस्पतालबाट भागी कुवेतस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएपश्चात उनलाई २०७९ असोज १४ गते उद्दार गरी नेपाल फिर्ता ल्याइएको थियो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *