Rato Pana
समाचार

आचार्यले फेसबुकमार्फत उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयको समिति गठन

काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले फेसबुकमार्फत उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयले सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

रिसालको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहेका छन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै संघीय संसद नयाँबानेश्वरमा आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयासपछि उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । तर, आचार्यको उपचार सफल हुन सकेन ।

आचार्यको निधनपश्चात बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठटाएका विषयमा यथाशीघ्र छानबिन गरेर प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

सम्वन्धित समाचार

Leave a Comment