Categories समाचार

चामल आयात आधाले घट्यो

Advertisement

काठमाडौँ। चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस) सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपियाँको चामल आयात भएको छ ।

गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपियाँको चामल आयात भएको थियो ।

Advertisement

भारतले गत भदौ महिनामा चामलको निर्यातमा लगाएको कर, विदेशी मुद्रा बचत गर्न आयातमा गरिएको प्रतिबन्ध र नेपाल राष्ट्र बैङ्कले एलसी ९प्रतीतपत्र०मा नगद मार्जिनको व्यवस्था गरेका कारण चामलसँगै अन्य खाद्यान्नको आयातमा कमी आएको हो ।

Advertisement

आन्तरिक आपूर्तिलाई बलियो बनाउनका लागि भन्दै भारतले गत भदौ महिनामा चामल निर्यातमा २० प्रतिशत कर लगाएको थियो । त्यसको प्रभावले आयातमा कमी आएको छ ।

यो वर्ष धानको उत्पादन बढेकाले पनि आयातमा कमी देखिएको हो । छिमेकी मुलुक भारतबाट ठूलो परिणाममा चामल आयात हुने गर्छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *