Categories समाचार समाज

अपाङ्ग भएका विभिन्न उमेर समुहका २९ जनालाई व्हीलचेयर सहयोग

श्याम सरार्फ

वीरगञ्ज । उपकार सेवा नेपालद्वारा शारिरीक अपाङ्ग भएका विभिन्न उमेर समुहका २९ जनालाई  व्हीलचेयर सहयोग गरिएको छ ।

Advertisement

उपकार सेवा नेपाल कि संस्थापक अध्यक्ष विधा सरावगीको सभापतित्वमा आयोजित कार्यक्रममा वीरगञ्ज आसपास बसोबास गर्ने शारिरीक अपाङ्गहरुलाई हिडडुल गर्न सहयोग पुग्ने उद्देश्यले उक्त व्हीलचेयर वितरण गरिएको समाजसेवी अरबिन्द सिंहले बताए ।

Advertisement

कार्यक्रममा स्वागत मन्तव्य नारायण पराजुली र शुभकामना मन्तव्य अशोक बैधले दिएका थिए ।

सोही कार्यक्रममा बारा जिल्लाको सिमरामा एक कार्यक्रम गरि २५ थान व्हीलचेयर सहयोग गर्ने योजना रहेको जनाइएको छ । कार्यक्रममा सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

वरिष्ठ समाजसेवी बाबुलाल चचानको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अभियन्ता प्रकाश थारु, ओमप्रकाश सरार्फ, अनिशकान्त कुश्वाहा, नुतन सरावगी,पदमा सर्वागी, सुमन बागेडीया, दिपिका श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन समाजसेवी सज्जन अग्रवाल र संजय श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *