Categories धर्म/संस्कृति समाचार

निर्माणाधीन राम मन्दिरका लागि उत्खन्न गरिएका दुई शिलाको पथलैयामा भव्य स्वागत

Advertisement

वीरगञ्ज । भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिरका लागि उत्खन्न गरिएका दुई शिला आज बाराको पथलैया आईपुगेको छ ।

शिला बोकेको ट्रकलाई दिउँसो पथलैयामा हिन्दुवादी संघसंगठन,सांसद ,मेयर तथा साधुसन्त लगायतकाले भव्य स्वागत एवं पुजापाठ गरेका छन ।

Advertisement

सो शिलाबाट मन्दिरको मुख्य गर्भगृहमा भगवान रामको बाल स्वरूपको प्रतिमा निर्माण हुने छ । सो अवसरमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, वीरगंजका मेयर राजेशमान सिंह,उद्योगपति अशोक वैद्य, हिन्दू परिषद नेपालका अध्यक्ष संतोष पटेल,बिभिन्न मठका साधुसन्त लगायतकाले पुजापाठ गरि स्वागत गरेका थिए ।

Advertisement

भगवान श्रीराम जन्मभूमि अध्योध्यमा निर्माण हुन लागेको भव्य मन्दिरको लागि उत्खन्न गरिएको शिला जनकपुर स्थित जानकी मन्दिरमा हस्तान्तरण गरिने छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *