Categories खेलकुद

सहयोग गर्ने उदेश्यले खेलको आयोजना, पाचौं प्रतिस्पर्धामा एमएसडि कल्ब विजयी

Advertisement

श्याम सरार्फ

वीरगन्ज । समाजका लागि कार्य गर्ने विभिन्न संस्थाहरुलाई  खेलकुद संगै समाजिक कार्यमा सहभागी गराउने उदेश्यले वीरगन्जमा पहिलो पटक ग्लोबल इमरजिङ कल्बद्वारा सोसल कल्ब टि-१५ टुर्नामेन्ट आयोजना गरिएको छ ।

Advertisement

माघ १४ गतेदेखि सुरु भएको खेलमा पहिलो पाईला नेपाल वीरगन्जलाई हराउँदै पहिलो जित इन्क्रेडिबल वीरगन्जले हात पारेको थियो । अहिले सम्म ५ वटा खेल भईसकेको छ ।

Advertisement

पाचौं प्रतिस्पर्धा एमएसडि कल्ब र सान्वी फाउन्डेसन बिच रहेको थियो । टस जितेर ब्याटिङ रोजेको एमएसडिले १२९ रन बनाएर १३० को लक्ष्य दिएको थियो । पछाडि गर्दै सान्वी फाउन्डेसन ८५ रनमा अल आउट भएसंगै एमएसडि कल्ब विजयी भएको हो ।

विकेट किपर राम साहले राम्रो प्रदर्शन गर्नुका साथै म्यान अफ द म्याच पनि उनलेनै पाएको खेलमा सहभागी विक्की सरार्फले जानकारी गराए ।

शनिबार सम्म चल्ने उक्त खेलमा बिजेता र उपबिजेताले पाउने पुरस्कार राशि कोही एक जना मधेसी सहिदको घर बनाउन सहयोग गरिने र सुस्त मनोस्थितीका बालबालिकालाई पठनपाठन तथा दिवा हेरचाह गर्दै आएको आशा किरण केन्द्रमा स्टेशनरीका समानहरु हस्तान्तरण गरिने योजना रहेको आयोजक संस्थाले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *