Categories अर्थ समाचार

बिल विजकभन्दा बढी समान सहित दुईवटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

Advertisement

वीरगञ्ज । बिल विजकभन्दा बढी सामग्री लोड रहेको दुईवटा ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत पर्ने वडा प्रहरी कार्यालय श्रीपुरले बिल बिजकभन्दा बढीको खुद्रा तथा कपडालत्ता लगायतका सामग्री लोड रहेको दुईवटा भारतीय नम्बर ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

Advertisement

वीरगञ्जस्थति एकीकृत जाँच चौकी (आइसिपी) बाट बिल बिजक भन्दाबढी सामग्री लोड रहेको ट्रयाक्टरहरु मूख्य बजार तर्फ आइरहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डालचोक सडकखण्डमा ट्रयाक्टरहरुलाई रोकेर चेकजाँच गर्दा बिल बिजक संकास्पद देखिएको श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले बताए ।

Advertisement

संकास्पद बिल बिजक देखिएपछि प्रहरीले विआर०५जीसी ४०७१ र विआर०५जीए ४३३४ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएर सामग्री र ट्रयाक्टरको अनुमानित २४ लाख रुपैयाँ मूल्यांकन गरेर थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *