Categories अर्थ समाचार

श्रोत नखुलेको २० लाख रुपैया सहित एक युवक पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकम सहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय श्यामकिशोर प्रसाद साहलाई श्रोत नखुलेको २० लाख रुपैया सहित पक्राउ गरेको हो ।

Advertisement

साहलाई वीरगन्ज १६ रजतजयन्ति चोक स्थित सडकबाट बिहीबार बिहान पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।

Advertisement

भारतको रक्सौलबाट प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार भइ आएका साहलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट श्रोत नखुलेको १ हजार दरका १६०० थान नोट र पाँच सय दरका ८०० सय थान नोट बरामद भएको शाहले बताए ।

मोटरसाइकल र बरामद नोट सहित साहलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक शाहले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *