Categories शिक्षा समाचार

निजी विद्यालयमा पनि अनिवार्य विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन

Advertisement

वीरगन्ज । निजी लगानीमा खुलेका संस्थागत विद्यालयहरूमा पनि अनिवार्य विद्यालय व्यवस्थापन समिति गठन गर्न जितपुरसीमरा उपमहानगरपालिकाले निर्देशन दिएको छ । नगर शिक्षा ऐन २०७५ को परिच्छेद ५, दफा १९ को उपदफा ६ बमोजिम  फागुन १० गतेभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो ।

उपमहानगरले २०७५ सालमा नै जारी गरेको नगर शिक्षा ऐन विगतमा पुराना जनप्रतिनिधिहरूले कार्यान्वयन नगरेपछि नगरप्रमुख राजन पौडेलले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन लागेका हुन् । संस्थागत विद्यालय  सञ्चालन, व्यवस्थापन र रेखदेख गर्नको लागि प्रत्येक विद्यालयमा व्यवस्थापन समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ ।

Advertisement

माघ १० गते उपमहानगरले २४ वटै वडाका रहेका निजी विद्यालयहरूलाई पत्र पठाएर फागुन १० गतेभित्र कार्यान्वयन गर्ने गरी व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको हो । उपमहानगरले जारी गरेको शिक्षा ऐनको परिच्छेद ६ मा संस्थागत विद्यालयको सञ्चालन, व्यवस्थापन र रेखदेख गर्नका लागि प्रत्येक विद्यालय संस्थापकले तोकेको शिक्षा प्रेमी, समाजसेवी र अभिभावक मध्येबाट १ जना व्यवस्थापन समितिको अध्यक्ष रहने, सम्बन्धित वडाका जनप्रतिनिधिमध्येबाट नगर शिक्षा समितिले मनोनयन गरेको १ जना, नगर शिक्षा समितिद्वारा मनोनीत १ जना, स्थानीय शिक्षा प्रेमी तथा समाजसेवी, सम्बन्धित विद्यालयका शिक्षकहरू मध्येबाट १ जना,अभिभावकहरू मध्येबाट १ महिलासहित २ जना, नगर शिक्षा प्रमुखले तोकेको शिक्षा क्षेत्रको कर्मचारी १ जना र विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने गरी ८ सदस्यीय व्यवस्थापन समिति रहने कानुनी व्यवस्था छ ।

Advertisement

साथै सोही कानुनको परिच्छेद ११ मा संस्थागत विद्यालयको व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार समेत उल्लेख गरेको छ । जसमा  विद्यालय सञ्चालनको लागि प्राप्त साधन श्रोतको परिचालन गर्ने,विद्यालयको चल, अचल सम्पतिको लगत राख्ने, राख्न लगाउने र सुरक्षा गर्ने, विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्याकं र विवरण अद्यावधिक गर्ने, विद्यालयमा स्वच्छ शैक्षिक वातावरण तयार गर्ने,नगरपालिकाले तोके बमोजिमको पाठ्यक्रम अनिवार्य लागु गर्ने, न्युनतम् तलब स्केलमा नघटाई शिक्षकलाई तलब खुवाउने, अनुशासनहीन शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने लगायतका व्यवस्थाहरू उल्लेख छ ।

फाइल फोटो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *