Categories शिक्षा समाचार

कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुल्यो

Advertisement

वीरगञ्ज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ ।

२०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि र आंशिक तथा कक्षा ११ का आंशिक र ग्रेड वृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो ।

Advertisement

आवेदन फाराम बुझाउने मिति यही माघ मसान्तसम्म तोकिएको छ । विलम्ब शूल्क तिरेर फागुन १५ गतेसम्म फाराम भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फाराम शुल्क ६ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७२, ७३, ७४ र ७५ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मौका दिइने भएको छ । सम्बन्धित विद्यालयहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फारम बुझाउन अनुरोध गरिएको छ ।

कक्षा १२ को नियमित परीक्षार्थीको रूपमा आवेदन फाराम भर्ने विद्यार्थीहरूको हकमा २०७९ सालमा विद्यालय मार्फत लिइएको कक्षा ११ को सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी एवं आन्तरिक मूल्याङ्कनतर्फ सी ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *