Categories कृषि समाचार

उत्पादनले बजार नपाएको भन्दै किसानले सडकमा तरकारी फाले

Advertisement

चितवन । बिक्री नभएपछि चितवनका किसानले सडकमा तरकारी फालेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन्।

नारायणघाटको पुल्चोकमा तरकारी फालेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ।

Advertisement

भारतीय उत्पादनका आफूहरू मार परेको उनीहरूले गुनासो गरे । भरतपुर महानगर १६ कि किसान धनु् अधिकारीले भारतको तरकारी भित्र्याएर सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाइन । आफूहरूको समस्यामा सरकार मुकदर्शक भएको बताउँदै तराकारी फालेर विरोध गरेको बताइन् ।

Advertisement

पुल्चोकमा गोलभेडा,काउली,बन्दा ,फर्सी ,सिमी ,गाँजरलगायत तरकारी फालेर विरोध गरेका थिए । सडकमा तरकारी फालेपछि केहीबेर सडक अवरुद्ध भएको थियो । साभारः अन्नपूर्ण पोष्ट

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *