Categories समाचार समाज

‘नेपाली केटी चाहिन्छ’ भनेर म्यासेज पठाउँदै ठगी गर्ने समुह प्रहरी नियन्त्रणमा

Advertisement

वीरगञ्ज ।  अरुको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दिपक भारतीका अनुसार उनीहरुले संगठित रुपमा नै ‘नेपाली केटी चाहिन्छ’ भनेर म्यासेज पठाउँदै ठगी गर्ने गरेको अनुन्धानबाट खुलेको छ ।

Advertisement

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरीपछि उनीहरु पक्राउ परेका हुन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *