बिरगंज । नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला शाखाको निर्वाचन बिरगंजको माइस्थान अतिथि सदनमा सम्पन्न भएको छ ।
संघका सभापति श्रीमती मधुराणाको सभापतित्वमा भएको उक्त निर्वाचनको प्रमुख अतिथी नेत्रज्योति संघ केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल रहनु भएको थियो भने निर्वाचन अधिकृत नेत्रज्योति संघ प्रदेश समितिका रबिन्द्र चौधरी रहेका थिए ।
निर्वाचनको परिणाम सबैको सहमति पश्चात् भएको थियो जसमा सभापतीमा भगवती प्रसाद चौधरी, नि.सभापति श्रीमती मधुराणा, श्यामकुमार पोखरेल, मदन प्रसाद गुप्ता, महन्थ प्रसाद गुप्ता,गणेश शाह, सिताराम उपाध्याय, उमेश गुप्ता, सन्तोस ज्यासवाल, सुरेन्द्र रन्जितकार, प्रदिप केडिया, सुनिता नेपाल, उमेस साह कानु र दिपिका श्रेष्ठ निर्वाचित भएकोमा अधिकृतले प्रमाण पत्र बितरण गर्नुका साथै वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले सबैलाइ संघको आचारसंहिता एवं सपथग्रहण गरि संघको बिकासमा योगदान गर्ने प्रतिबद्धता जनाएका थिए ।
निर्वाचन कार्यक्रममा आजिवन सदस्य सुरेन्द्र सरार्फ, राजन कुमार श्रीवास्तव, मधु उपाध्याय, प्रकाश वर्मा, फुलमहम्मद मिया, बिरेन्द्र राज कंडेल, ग्यासुदिन मिया देवान, ओम प्रकाश जयासवाल, सुनिता गौतम, शिवजी साह लगायतको उपस्थिति रहेको श्रीवास्तवले बताए ।







