वीरगञ्ज । नेपाल अपाङ्ग सेवा संघ बाराको आयोजना तथा उपकार सेवा नेपालको सहयोगमा आज २४ जनालाई व्हीलचेयर सहयोग गरिएको छ ।
शारिरीक अपाङ्गहरुलाई हिडडुल गर्न सहयोग पुग्ने उद्देश्यले उक्त व्हीलचेयर वितरण गरिएको समाजसेवी प्रकाश थारुले बताए । गत हप्ता वीरगञ्जमा आयोजना गरिएको व्हीलचेयर वितरण कार्यक्रममा २९ जनालाई सहयोग गरिएको थियो ।
सोही कार्यक्रममा बारा जिल्लाको सिमरामा एक कार्यक्रम गरि आवश्यकता भएकाहरुमा व्हीलचेयर सहयोग गर्ने योजना रहेको बताइएको थियो ।
सो कार्यक्रममा महेश बगेडिया, पदमा सरावगी, बिधा सरावगी लगायतको उपस्थिति रहेको समाजिक अभियन्ता अनिशकान्त कुश्वाहाले जानकारी गराए ।







