Categories समाचार

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा दुईजना नक्कली परीक्षार्थी पक्राउ

वीरगञ्ज । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर अर्कै व्यक्तिको किर्ते हाजिरी गर्ने दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

पर्साको वीरगञ्जस्थित यातायात कार्यालयको ट्रायल सेन्टरमा सवारी चालक अनुमति पत्रका लागि आइतबार भएको लिखित परिक्षामा नक्कली परीक्षार्थी बनेर आएका दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ निवासी ३६ वर्षीय निजामोदिन अन्सारी र वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा निवासी २० वर्षीय सर्दुन अन्सारी रहेका छन् । 

Advertisement

अन्सारीद्वय वीरगञ्जस्थित यातायात कार्यालयले व्यवस्था गरेको लिखित परिक्षा दिने स्थानमा अर्काको नामको परिक्षा दिन आएर किर्ते हाजिरी गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।

दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढेको डिएसपी बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *