Categories राजनीति समाचार

रास्वपाका तीन मन्त्रीले दिए राजीनामा

Advertisement

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन्। 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। 

Advertisement

मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका हुन्। 

Advertisement

रास्वपाको बसुन्धरामा आइतबार दिउँसो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। 

उक्त निर्णयसँगै तीन जना मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा पुगेर राजीनामा बुझाएका हुन्। 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *