Categories समाचार

वीरगञ्जका प्रमुख सिंहले मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुसँग गरे भेटघाट

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मधेश प्रदेशका मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरुसँग भेटघाट गरेका छन् ।

मधेश प्रदेशमा मुख्यमन्त्री र मन्त्री नियुक्त भइसके पश्चात पहिलो पटक जनकपुरधाम पुगेका मेयर सिंहले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । 

Advertisement

वीरगञ्ज महानगरसँगै सिमाना जोडिएको बारा जिल्लाकै र एउटै पार्टीका नेता मुख्यमन्त्री भएपछि वीरगञ्ज महानगरले बढी अपेक्षा गरेको मेयर सिंहले सुनाए । त्यस्तै आगामी दिनमा प्रदेश सरकार र स्थानीय सरकारबिचको समन्वय एवम् सहकार्यका विषयमा पनि चर्चा भएको मेयर सिंहका स्वकिय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

Advertisement

घिमिरेका अनुसार मेयर सिंहले उठाएका विषयवस्तुमा मुख्यमन्त्री यादव पनि सकारात्मक छन् । त्यस्तै मेयर सिंहसँगै महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

मुख्यमन्त्रीसँगै मेयर सिंह नेतृत्वको टोलीले अर्थ मन्त्री सञ्जय यादव, ऊर्जा तथा खानेपानी मन्त्री सिंहासन साह कलवार र सामाजिक विकास मन्त्री सुरिता कुमारी साहसँग पनि भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिँदै मेयर सिंहले समन्वय र सहकार्यमा प्रदेशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *