Categories समाचार

घरको ताल्चा फुटाएर चोरी गर्ने एक भारतीय पक्राउ

वीरगन्ज । वीरगन्जमा घरको ताल्चा फुटाएर १२ लाख भन्दा बढिको धनमाल चोरी गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्ला सुगौली घर भई हाल वीरगन्ज १३ मा डेरा गरि बस्दै आएका २० वर्षिय राजु आलम भन्ने फैयाज आलम रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नबर १२ का ५५ वर्षिय कपिल प्रसाद रौनियार माघ ७ गते कामको सिलसिलामा काठमाण्डौ गएका थिए । त्यहि दिन उनको दुइ तल्ले घरमा कोही नभएको मौका छोपी घरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमा रहेको नगद १ लाख तथा ११ लाख १० हजार मुल्यका गरगहना र कम्प्युटर गरि १२ लाख १० हजार बराबरको धनमाल चोरी भएको थियो ।

Advertisement

घरमा भएको चोरीको घटना बारे घरधनी रौनियारले प्रहरीमा उजुरी गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटा नेतृत्वको टोलीले चोरीमा संलग्न भारतीय युवक आलमलाई गत सोमबार वीरगन्ज १३ बाट पक्राउ गरेको हो । आलमको डेरा खानतलाशी गर्दा रौनियारको घरबाट चोरी भएको सामान मध्ये कम्प्युटर २ थान , क्यामेरा १ थान, घडी १ थान र केहि गरगहनाहरू फेला परेको प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए ।

Advertisement

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनि विरुद्द चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भैरहेको गिरिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *