Categories समाचार

लागु औषध ढुवानीमा प्रयोग गरिएको ट्रक सहित तीन जना पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । लागु औषध ढुवानीमा प्रयोग गरिएको टट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागु औषध सहित पक्राउ पर्नेहरुमा प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकका चालक मकवानपुरको हेटौडा उपमहा नगरपालिका वडा नम्बर ९ का ४२ वर्षिय निर्मल पौडेल , त्यहि ठाँउका ४० वर्षिय रमेश थापा र २९ वर्षिय सुदर्शन खड्का रहेका छन् ।

Advertisement

उनिहरुको साथबाट प्रतिबन्धित लागु औषध ओनरेक्स १६६ बोत्तल र कोडिवेल ५७ बोत्तल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

Advertisement

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोक अगाडिको सडकमा उक्त ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याइएको प्रतिबन्धित लागु औषध २३३ बोत्तल फेला परेको गिरिले जानकारी दिए ।

लागु औषध र ट्रक सहित पक्राउ परेका तीनै जनालाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको गिरिले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *