Categories समाचार

हात्तीबाट जोगिन लगाइएको बिजुलीको करेन्ट लागेर एक जनाको मृत्यु

झापा । बिर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते हुनुभएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Advertisement

श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँग्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *