Categories समाचार

हिन्दु परिषद नेपालको आयोजनामा १ महिला सहित ८६ जनाद्वारा रक्तदान

वीरगन्ज । वीरगन्जमा शनिबार हिन्दु परिषद नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्जको घण्टाघर चोकमा परिषद वीरगन्ज महानगर कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ८६ जनाले रगत दान गरेका छन् ।

Advertisement

रगत दान गर्नेहरुमा श्रुति कुमारी , सन्तोषनान्द महाराज, मुन्ना श्रीवास्तव , आशीष पटेल, धिरेन्द्र तिवारी, सन्जय पटेल , रामनरेश प्रसाद यादव, दिपक साह कानु , कृष्ण साह , दिनेश पटेल , उमेश कुशवाहा, हेमन्त श्रेष्ठ लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

Advertisement

हिन्दु परिषद नेपालका वीरगन्ज अध्यक्ष प्रमोद सिंहको अध्यक्षता एंव हन्दिु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोषान्द महाराजको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कार्यक्रम संयोजक ओसन गुप्ता, उमेश गुप्ता लगायतको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *