Categories समाचार

बिमा दावी गर्न गाडीमा आगजनी, चालक पक्राउ

बर्दिया । बर्दियामा आफ्नै गाडीमा आगजनी गर्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका २ गंगापटुवा बस्ने रामु चौधरी रहेका छन् ।

Advertisement

चौधरीले बिमा दावी गर्ने मनासयले आफैं गाडीमा आगजनी गरेको प्रहरीको भनाई छ ।

Advertisement

उनले सोमबार बिहान २ बजे मधुवन नगरपालिका ४ वसन्तास्थित माचड चोकदेखि  भुरिगाउँँ  जोड्ने पक्की सडकखण्डमा लु २ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेका थिए ।

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *