Categories समाचार

पानीटंकी क्षेत्रका प्याथलोजी सेन्टरहरुमा महानगरको अनुगमन, अधिकांस स्वीकृति बेगर नै संचालनमा, बन्द गर्न निर्देशन

Advertisement

वीरगञ्ज । वीरगञ्जको पानीटंकी क्षेत्रमा रहेका अधिकांस प्याथलोजी सेन्टरहरु स्वीकृति बिना नै संचालनमा रहेको भेटिएको छ । महानगरपालिकाद्धारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिले गरेको अनुगमनका क्रममा वडा नम्वर ८ पानी टंकी क्षेत्रमा रहेका प्याथोलोजी सेन्टरहरु स्वीकृति बिना नै संचालनमा रहेको भेटेको हो ।

पानीटंकीमा रहेको सिटी डाइग्नोष्टिक सेन्टर स्वीकृति बिना संचालन हुनुका साथै म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गर्ने गरेको भेटिएको अनुगमन समितिका संयोजक समेत रहेका वडा नम्वर १८ का वडाध्यक्ष उमाशंकर तिवारीले जानकारी दिनुभयो ।
यस्तै नेहा फार्मेसी, जय बजरंग प्याथोलोजी, ओम प्याथोलोजी सेन्टर पनि मापदण्ड बिपरित संचालनमा रहेको भेटिएको महानगरका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिनुभयो ।

Advertisement

यस्तै सोही ठाउँमा रहेको जीवन दीप एक्स रे पनि विना दर्ता नै संचालनमा रहेको फोला परेको छ । अनुमति नलिई संचालन गरिएको प्याथालोजी तथा एक्स रे सेन्टरलाई स्वीकृति नलिएसम्म बन्द गर्न पनि समितिले निर्देशन दिएको छ ।

Advertisement

अनुगमनका क्रममा आज पहिलो पटक चेतावनी दिएर फर्किएको र भोली फेरि अनुगमनमा जाँदा प्रकृया नपुर्याइ खुलेको भेटिए सील गरेर कारबाही प्रकृया अघि बढाउने समितिका संयोजक तिवारीले बताउनुभयो । महानगरपालिकाले नागरिकको स्वास्थ्यमा प्याथलोजी सेन्टरहरुले खेलवाड गरिरहेको र विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि अनुगमनलाई अघि बढाएको हो ।

समितिका संयोजक तिवारी नेतृत्वको अनुगमन टोलीमा स्वास्थ्य शाखा प्रमुख रितेश जयसवाल, कानुन अधिकृत ईश्वर बराल, नर्सिङ् अधिकृत इन्दिरा लोहनी लगायत रहनुभएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *