Categories समाचार

खाद्य मिसावट बढ्दै गएकोमा सांसद यादवको आपत्ती, नियमन गर्न सरकारको ध्यानाकर्षण

Advertisement

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले सरकारको कमजोरीका कारण उपभोक्ताहरु मारमो परेको बताएका छन् । संसदमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न राष्ट्रिय सभाबाट आएको विद्येयकमाथि सैद्धान्तिक छलफलमा सहभागी हुँदै पूव वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादवले बजारमा पाइने कुनै पनि खानेकुरा निर्धक्कका साथ खाने अवस्था नरहेको बताए ।

जनता समाजवादी पार्टी (जसपा) का नेतासमेत रहेका यादवले मिसावट बिनाका खाद्यान्न नपाइने गरेको हुँदा उपभोक्ताहरुको स्वास्थ्यसमेत जोखिममा रहेको बताए ।

Advertisement

उनले भने, ‘बजारमा पाइने सबै सामाग्रीमा केही न केही मात्रामा मिसावट गरिएको छ, जसले गर्दा उपभोक्ताहरु निर्धक्का साथ खाने कुरा खाने अवस्था छैन । सरकारको उदासिनता र लापरवाहीका कारण जनताको स्वास्थ्यसँग खेलवाड भइरहेको छ ।’ खरिद गरेर खाने हरेक वस्तुमा मिलावट हुने भएकाले सरकारले अनुगमन र निगरानीलाई कडाई गर्नुपर्नेमा यादवको जोड छ ।

Advertisement

अनुगमनको नाममा कर्मचारीहरुले व्यापारीलाई धम्क्याउने र असुल्ने मात्रै काम भइरहेको भन्दै उनले कर्मचारीको नियमन निकायमाथि प्रश्न उठाए । कृषि प्रधान देश भएपनि ९० प्रतिशत खाद्य सामाग्री आयात गर्नुपर्ने बिडम्बना भएको यादवको भनाई छ ।

आयातीत सामाग्रीलाई परीक्षण गर्ने प्रयोगशाला भन्सारमा नभएको र पैँसाको भरमा पास भएको कागज प्रदान हुने गरेको भन्दै उनले आपत्ती जनाए । बजारमा आउने बासमती चामल, तोरीको तेल, दुध लगायतका हरेक खाद्य सामाग्रीमा मिसावट हुने गरेको हुँदा कडाईका साथ निगरानी र अनुगमन गर्न सांसद यादवले कृषि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

समग्रमा विद्येयक राम्रो भएपनि केही कुरामा परिमार्जन गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै सांसद यादवले पहिला नै आउनुपर्ने विद्येयक ढिलै भएपनि ल्याएकोमा धन्यवाद ज्ञापन गरे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *