Categories खेलकुद समाचार

खो खो खेल्न वीरगञ्ज महानगरको टोली भक्तपुर प्रस्थान

Advertisement

वीरगञ्ज । भक्तपुर नगरपालिकाको आयोजनामा भोली देखि हुन लागेको अन्तर नगर पुरुष खो खो प्रतियोगितामा सहभागि हुन वीरगञ्ज महानगरपालिकाको टोली आज त्यस तर्फ प्रस्थान गरेको छ ।

टोलीलाई महानगर प्रमुख राजेशमान सिंहले टिका लगाएर विदाई गर्नुभयो । प्रतियोगितामा सहभागि हुन टिम म्यानेजरसहित १४ जना भक्तपुर लागेका हुन् ।

Advertisement

टोलीको विदाई गर्दै महानगरप्रमुख सिंहले प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिनुभयो ।

Advertisement

भोली देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिमले सहभागिताका लागि टिम दर्ता गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपतिले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *