Categories समाचार समाज

फोरजिआरले नारायणी अस्पतालमा पनि ५ रुपैयाँमै खाना बेच्ने

श्याम सरार्फ

वीरगन्ज । कसैको सम्मानलाई  ठेस नपुर्‍याइ ५ रुपैयाँमा  खाना बिक्री गरि भोक मार्ने कार्यक्रम सञ्चालन गर्दै आएको  समाजिक संस्था फोर जि आर समुहले नारायणी अस्पतालमा पनि सेवा शुरु गरेको छ ।

Advertisement

हरेक हप्ताको एक दिन ( सोमबार) घण्टाघर नजिकै सेवा दिदै आएको समुहले अब हप्ताको दुई दिन सेवा दिने भएको छ । सोही अनुसार हिजो समुहले अस्पतालमा पनि सेवा दिन शुरु गरेको अभियन्ता अनिशकान्त कुश्वाहाले जानकारी गराए ।

Advertisement

नारायणीमा हिजोदेखि शुरु गरिएको ५ रुपैयाँमै खाना खुवाउने अभियानबाट लगभग २०० जना लाभान्वित भएको अध्यक्ष नुतन सरावगीले बताउनुभयो ।

घण्टाघर नजिक सम्पर्ण सेवाको भवनमा पछिल्लो २९ हप्ता सेवा सञ्चालनमा लगभग ६ हजार पाँच सय जनालाई खाना खुवाएको समुहले अस्पताल क्षेत्रमा अधिकांश निम्नबर्गका बिरामी र कुरुवा समेतलाई सजिलो होस भन्ने मन्सायले हप्ताको दुई दिन मध्ये एक दिन अस्पतालमा स्टल लगाउने निर्णय गरिएको अभियानमा सहभागी समाजिक अभियन्ता, युवा नेता अरबिन्द सिंहले बताउनुभयो ।

खाना खुवाउने कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिदुर सिवाकोटी, हेमा थापा, अरबिन्द सिंह, नूतन पोद्दार सरावगी , अफ़साना खान , मुमताज़ अंसारी, कृष्णा कुशवाहा , बिकी सर्राफ़, राजन श्रीवास्तव,  संजय पटेल , रेणू अग्रवाल , हेम चौबे लगायतको उपस्थिति रहेको थियो ।
    

Leave a Reply

Your email address will not be published. Required fields are marked *