श्याम सरार्फ
वीरगञ्ज । पर्सा प्रहरीले नक्कली सुन देखाइ ठगी गर्ने ४ जना मानिसहरूलाई पक्राउ गरेको छ ।
आज (बिहीबार) बिहान ०२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित हिमालयन होटल अगाडी सडकखण्डमा तिनहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३१ का रामबिर चौधरी, वडा नम्बर ६ बस्ने वर्ष ४५ का लालबाबु राय यादव, वडा नम्बर १८ बस्ने वर्ष ३८ का राकेश कुर्मी र वडा नम्बर १७ बस्ने वर्ष २७ का अवधेश कुमार राय रहेका छन् ।
BR31P 0649 नम्बरको सेतो स्कारपियो गाडीमा बसी तिनहरूले सर्वसाधारण मानिसहरूलाई नक्कली सुन ( बिस्कुट आकारको १ किलो लेखिएको ) धातु देखाइ भ्रममा पारी ठगी गर्ने नियतले बिना बिलको तथा नक्कली सुन जस्तो देखिने पहेलो धातु देखाइ विक्री गर्न खोजिरहेको अवस्थामा पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरीटोलीले निज व्यक्तिहरूलाई नक्कली सुन बिस्कुट आकारको १ किलो लेखिएको सुन सहित पक्राउ गरेको हो ।
वीरगञ्ज सुन चाँदी व्यवसायी संघ माईस्थान वीरगञ्जमा पठाइ परीक्षण गराउँदा समेत सुनको जलप भएको धातु हो सुन होईन भन्ने प्रमाणित भएपछि चारै जनालाई ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ ।







