Categories समाचार

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्न तयारी अघि बढाइयो

Advertisement

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ ।

आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो । आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित निर्वाचन कार्यालयलाई परिपत्र पठाएको थियो ।

Advertisement

आयोगका अनुसार अहिले जिल्लाको निर्वाचन कार्यालयले मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य गरिरहेको छ ।

Advertisement

कार्यालयले फागुन १ मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । यो कार्य यही चैत्र १६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ ।

यस अवधिमा मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरणलाई सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने पनि आयोगले जनाएको छ ।

कुनै मतदाताले विवाह वा बसाइँसराइका कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा, कुनै मतदाताको मृत्यु भएको, नागरिकता त्याग गरेको वा विवाह वा बसाइँसराइ गरी मतदाता नामावलीबाट नाम हटाउन निवेदन दिएमा मतदाता नामावली अद्यावधिक गर्ने आयोगले जनाएको छ ।

त्यसैगरी दोहोरो नामावली हटाउन पनि निवेदन दिन सकिने छ ।

यो खब आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *