Categories समाचार

प्रतिबन्धित लागु औषध सहित २० वर्षिय युवक पक्राउ

श्याम सरार्फ

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक २० वर्षिय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने सुजन ठकुरी रहेका छन् ।

Advertisement

हिजो साझ अन्दाजी ७ बजेर १५ जादा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित बसपार्क भानु चोकमा एक जना व्यक्ति संकास्पदरूपमा हिँडिरहेको शंका लागेर ठकुरी पक्राउ परेका हुन ।

Advertisement

प्रहरी चौकी बसपार्कबाट खटेको टोलीले चेकजाँच गर्दा ठकुरीले आफ्नो शरीरमा सेतो टेपले बेरी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध  डाइजेपाम-१५ एम्पुल, नुरफिन-१५ एम्पुल, फेनारगन-१५ एम्पुल गरी जम्मा ४५ एम्पुल नाइट्रेजपाम ट्याब्लेट लेखिएको २८ पत्तामा २८० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको उक्त लागु औषध सहित ठकुरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *