काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डमाथि सानदार जित हासिल गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न भएको खेलको
मध्यक्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनीसँगै नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको हो ।
जारी त्रिकोणात्मक श्रृंखलामा नेपालको यो लगातार जित हो । स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गर्यो।
खेलमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतक प्रहार गरे। दीपेन्द्रले ११६ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए ।
नेपालले ७७ रनमा ५ विकेट गुमाइसकेको थियो । तर, त्यसपछि भने नेपालले खेल उत्कृष्ट प्रदर्शन गरेको थियो ।



