Rato Pana
समाचार

पर्सा : मोटरसाइकल दुर्घटना हुदाँ एक बालकको मृत्यु

वीरगन्ज । पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ३ मा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुदाँ एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साकै सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ एकडरवाका विनय यादवका छोरा १४ वर्षिय दिपेश यादव रहेका छन् ।

मधेस प्रदेश ००६प ५६५८ नम्बरको मोटरसाइकल हरिहरपुर –लंगडी सडकखण्डको नहरको पुलको रेलिङमा ठोक्किर पुल मुनि खस्दा त्यसमा सवार दिपेशको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रबार राति जगरनाथपुर स्थित नातेदारको घरबाट एकडरवा स्थित घर तर्फ फर्कदै गरेका दिपेश सवार मोटरसाइकल पुल मुनि खसेको थियो ।

दुर्घटना बारे खबर पाएलग्त्रै घटनास्थलमा शुक्रबार राति नै पुगेको इलाका प्रहरी कार्यालय लंगडी र पोखरियाको टोलीले शव पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

सम्वन्धित समाचार

Leave a Comment