Rato Pana
समाचार

वीरगन्जको पशुपतिनाथमा दर्शनार्थीको भिड, आरती कुश्ती र सांस्कृतिक कार्यक्रम हुने

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा स्थित चिनीमिल आवासक्षेत्र भित्रको पशुपति मन्दिरमा शिवरात्रीको दिन पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा लर्को छ ।

दर्शनार्थी भक्तजनको सेवा सुविधा र मनोरञ्जनका लागि स्थानीयवासीको भेलाले पिपराको पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रीका दिन शनिबार आरती, कुश्ती र सांस्कृतिक कार्यक्रम सहित मेला लगाउनने निर्णय गरेको थियो ।

मेलामा नेपाल र भारतका प्रख्यात कुश्तीबाजहरुको सहभागितामा कुश्ती प्रतियोगिता सहित मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्ने निर्णय गरिएको थियो । कुश्ती प्रतियोगितामा भारतका २० जना र नेपालका ४० जना कुश्तीबाजहरुको सहभागिता रहने बताइएको छ ।

शिवरात्रीको दिन शनिबार बिहान साढे ११ बजेदेखि कुश्ती प्रतियोगिता हुने र साँझ ५ बजे आरती र प्रसाद वितरणको साथै साँझ ६ बजेपछि सांस्कृतिक कार्यक्रमको आयोजना हुने स्थानीय बाबुनन्द पटेलले जानकारी दिए ।

सम्वन्धित समाचार

Leave a Comment