Categories समाचार समाज

वीरगञ्ज : पार्किङको विषयमा जन्ती र गाउँले बीच झडप, तीन जना घाइते र १० जना नियन्त्रणमा

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा शुक्रबार राति जन्ती र गाउँले पक्षबीच झडप हुँदा  तीन जना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल र ३६ वर्षीय रामबहादुर पटेल झडपमा घाइते भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख डिल्लीराज सापकोटाले बताए । 

Advertisement

वीरगञ्जको नारायणी अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि बाराको प्रसौनीस्थित एलएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

झडपमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । रामगढवाकै १८ वर्षीय अर्जुन पटेल, राज पटेल, विकास पटेल, सिदु पटेल, आलोक पटेल, साजन पटेल, बाराको फेटा गाउँपालिका–१ बस्ने २६ वर्षीय अरविन्द पटेल, १९ वर्षीय मनु पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

सडक छेउमा मोटरसाइकल पार्किङ गरेको विषयमा विवाद भई झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । 

झडप भएको जानकारी पाएलगत्तै ठूलो संख्यामा प्रहरी परिचालन गरेकोले भागदौड मच्चिएको थियो । भाडदौडका क्रममा केही सर्वसाधारण पनि पक्राउ परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *