Categories समाचार

जनजाति तथा दलित सेवा समिति तथा नेपाल रजक सेवा समाजद्वारा संयुक्त रक्तदान कार्यक्रम आयोजना

वीरगंज । जनजाति तथा दलित सेवा समिति वीरगंज-१६ र नेपाल रजक सेवा समाज (बारा, पर्सा) को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको रक्तदान कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा भने “रक्तदान भनेको जीवन दान हो हामी सम्पुर्ण नगर बासीहरुले एक ढिक्का भएर रक्तदानमा सहभागी हुन जरुरी छ ।” हामीले दिएको रगतले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याउछ भने हाम्रो शरीरमा रहेको रगत तीन महिनामा आफैं खेर जानछ भन्दै प्रत्येक तीन महिनामा रगत दिन बानी बसाल्न अनुरोध गरे । २ महिला सहित ३६ जनाले रगतदान गरेका छन्।

Advertisement

उक्त रक्तदान कार्यक्रममा जनजाति तथा दलित सेवा समिति वीरगंज-१६ अध्यक्ष लवकुश कुमार बैठा,नेपाल रजक सेवा समाजका अध्यक्ष जठाशंकर बैठा,वडा प्रहरी कार्यालय विर्ताका प्रमुख बिदुर प्रसाद सिवाकोटी,वीरगंज महानगरपालिकाका उपमेयरका स्वकिय सचिव शेष हजरा,वीरगंज महानगरका कर्मचारी कमल महतो,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव लगायतको उपस्तिथी रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *