वीरगञ्ज । पर्साको पोखरियामा आज बाट सुरु भएको अन्तर नगर कर्मचारी क्रिकेट प्रतियोगितामा वीरगञ्ज महानगरले विजयी शुरुवात गरेको छ ।
जगरनाथपुर गाउँपालिकालाई ५ विकेटले पराजित गर्दै वीरगञ्जले विजयी शुरुवात गरेको हो ।
शनिबार टस जितेर ब्याटिङ गरेको जगरनाथपुरले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १०९ रन जोडेको थियो ।
११० रनको लक्ष्यका साथ मैदान उत्रिएको वीरगञ्जले ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

वीरगञ्जको जितमा रुपनारायण राउतले नट आउट ४० रनको योगदान दिए ।
सक्सेस प्रिप्रेशन ईन्स्टिच्युट वीरगञ्जको आयोजनामा पर्सा जिल्ला भरिका स्थानीय तहका कर्मचारीबीच क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।
आउँदो मंगलबारसम्म चल्ने प्रतियोगितामा पर्सा जिल्ला भरिका ८ वटा स्थानीय तहले सहभागिता जनाएका छन् ।
कामबाट थकित भएका कर्मचारीलाई रिफ्रेस बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।



