Categories समाचार समाज

खुल्ला आकाशमुनि कष्टकर जीवन विताइरहेका एक जनाको उद्धार

Advertisement

वीरगन्ज । मानव सेवा आश्रम वीरगन्ज शाखाले हिजो राति ३५ वर्षिय एक जना पुरुषको उद्धार गरेको छ ।

वीरगन्जमा खुल्ला आकाशमुनि कष्टकर जीवन विताइरहेका एक जनाको उद्धार गरिएको छ । वीरगन्ज शाखालाई जानकारी आएपछि राती उनलाई उद्धार गरिएको आश्रमका देवेश गुप्ताले जानकारी गराए ।

Advertisement

बिगत लामो समय देखि वीरगन्ज मुर्ली चोक ठुलो नालीको छेउमा अत्यन्तै कष्टपूर्ण अवस्थामा मानसिक अवस्था कम्जोर भएको अन्दाजी ३५ बर्षका पूरा परिचय खुल्न नसकेका एक जना पुरुष व्यक्तिको उद्धार गरि मानवसेवा आश्रममा लगिएको अभियन्ता प्रकाश थारुले बताए ।

Advertisement

उद्धार कार्यमा महेश सिंह धामी, विकी सरार्फ, अभय राज सर्राफ, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियोे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *