Categories समाचार

अटेरी गरेको भन्दै एनआईसी बैकलाई ११ हजार जरिवाना

बीरगन्ज । पटकपटक बाटोमा फोहोर फ्याकेकोले एन आइ सी एशिया बैक बीरगन्ज शाखालाई बीरगन्ज महानगर पालिकाले ११ हजार जरिवाना गरेको छ ।

महानगरपालिकाले पहिलो पटक चेतावनी र दोश्रो पटक ५ हजार जरिवाना यस अधि एन आई सी बैकलाई गरिसकेको छ ।

Advertisement

अनुगमनको क्रममा सरसफाइको गाडीमा फोहोर नदिएर बाटोमा फोहोर फ्याकेको भेटिएपछि ११ हजार जरिवाना गरिएको सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिनुभयो ।

Advertisement

बैक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटकपटक फोहोर गर्नु कानुन र मर्यादा विपरीत भएकोले अब उप्रान्त फ्याकिएको भेटिएमा २५ हजार देखि २ लाखसम्म जरिवाना गरिने सरसफाइ तथा पार्किङ संयोजक प्रकाश खेतानले बताए ।

बीरगन्ज महानगरपालिकाले सरसफाइलाई प्राथमिकतामा राखी अभियाननै चलाएको खेतानले बताए । ५ सय रुपैया बाट सुरु गरेको जरिवाना १ हजार , ५ हजार सम्म गर्दै आएको छ । ११ हजार जरिवाना गरेको यो पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *