Categories समाचार

‘राष्ट्रपति पदमा लफडाले मुलुककै बेइज्जत’

Advertisement

काठमाडौं । आगामी २५ फागुनमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो राष्ट्रपति पाउँदै छ । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनले नयाँ राष्ट्रपति चयन गर्ने भए पनि अहिलेदेखि नै राष्ट्रपति को हुने भन्नेमा लफडाबाजी सुरु भएपछि राष्ट्रपति पदको गरिमा र महत्व नै घट्ने अवस्थामा पुगेको छ ।

प्रमुखलगायतका विभिन्न राजनीतिक दल र तिनका नेताले तेस्रो राष्ट्रपति चयन प्रक्रिया आउनैलाग्दा गरेका खुलेयामका कृत्य र अस्वाभाविक दौडधूपले गणतन्त्रमाथि नै व्यंग्य गरिरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । ‘सेरेमोनियल राष्ट्रपति चयन गर्न नेपालमा जस्तो लफडा र गलत कृत्य विश्वका अन्य कुनै मुलुकमा भएको मैले देखेको छैन,’ राजनीतिक विश्लेषक एवं प्राध्यापक डा. लोकराज बरालले राजधानीसँग भने । उनले राष्ट्रपतिका लागि नेताहरूको अनावश्यक दौडधूपलाई अस्वाभाविक लफडाका रूपमा चित्रण गरेका छन् ।

Advertisement

केही समयअघि मात्रै छिमेकी देश भारतमा द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । राजनीतिक विश्लेषक बरालले भारतमा मुर्मु राष्ट्रपति हुँदा कुनै केही चर्चा नभई एक्कासि भएपछि मात्रै विश्वले थाहा पाएको स्मरण गर्दै भने, ‘तर, हामीकहाँ महिनौंदेखि राष्ट्रपति को हुने भन्नेमा लफडा चलेको चलै छ, यस्तो विचित्र देश विश्वमा सायदै होला ।’ राजनीतिक विश्लेषक बरालले प्रमुख राजनीतिक दल र तिनका नेताहरूले राष्ट्रपतिका लागि गरेको कृत्यले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै अविश्वास पैदा हुनसक्ने चिन्ता व्यक्त गरे ।

Advertisement

याे खबर राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *