Categories समाचार

सांसद यादवद्वारा राधेमाईमा राम जानकी मन्दिरको प्राणप्रतिष्ठान एवं उद्घाटन

Advertisement

बीरगन्ज । संघिय सांसद प्रदिप यादवले बीरगन्जको राधेमाईमा नवनिर्मित रामजानकी मन्दिरको प्राणप्रतिष्ठान एवं उद्घाटन गर्नु भएको छ । बीरगन्ज महानगरपालिका वडा नं. १३ श्रीपुर राधेमाई टोल स्थित मठमा नवनिर्मित श्री रामजानकी मन्दिरको प्राणप्रतिष्ठान एवं उद्घाटन एक कार्यक्रमका बिच सांसद यादवले गरेका हुन् ।

मन्दिरमा आयोजित कार्यक्रममा सांसद यादवले पुजापाठ गर्दै मन्दिरको प्राणप्रतिष्ठान एवं मुलगेटमा लगाइएको रिवन काटेर उद्घाटन गरेका थिए ।

Advertisement

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट संघिय सांसदमा निर्वाचित भएका यादवको संसदीय विकास कोषको ३५ लाख रुपैया एवं स्थानियवासीहरुको सहयोग मन्दिरको निर्माण भएको स्थानियहरुले बताए । मन्दिर पहिला देखि नै समान्य रुपमा निर्माण भएको भएपनि सांसद यादवको सहयोगपछि थप व्यवस्थित भएको मठका अध्यक्ष बिनोद मण्डलले बताए ।

Advertisement

मन्दिरको उद्घाटन गर्दै सांसद यादवले अगामी दिनमा मन्दिरलाई अझै भव्य र व्यवस्थित बनाईने बताउँदै नवनिर्मित मन्दिरको उद्घाटन गर्न पाउँदा आफु निकै हर्षित भएको बताए ।

भव्य सजावटका बिच आयोजना भएको उद्घाटन कार्यक्रममा बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह, बीरगन्ज महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अजय चौररिया,वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी,मठका अध्यक्ष बिनोद मण्डल स्थानिय समाजसेवी एवं वडावासीहरुको सहभागीता रहेको थियो ।

मन्दिरको उद्घाट तथा सो क्षेत्रको सरसफाई भएसँगै मठमा रहेको जग्गा अतिक्रण लगायतको काममा कमि आउँने तथा स्थानियहरुलाई पुजापाठ एवं धार्मिक गतिबिधि गर्न थप सहज हुने स्थानियहरुको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *