Categories समाचार समाज

वीरगञ्ज महानगरमा ४८ जना कर्मचारी माग भएकोमा करिब १७ सय जनाको आवेदन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न पदका लागि आह्वान गरेको दरखास्तमा झण्डै १७ सय जनाले आवेदन बुझाएका छन् ।

जसमध्ये सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ । कम्प्युटर अपरेटरमा सबैभन्दा धेरै १ हजार ४८० जनाको आवेदन परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

Advertisement

चौंथो तहको कम्प्युटर अपरेटरमा ३३ जनाका लागि महानगरले दरखास्त आह्वान गरेको थियो ।

Advertisement

‘३३ जना चौंथो तहको कम्प्युटर अपरेटर माग भएकोमा यसैमा सबैभन्दा धेरै दरखास्त परेको छ,’ उहाँले भन्नुभयो, ‘अन्य पदहरुमा पनि माग भन्दा धेरै नै आवेदन परेका छन् ।’

आवेदन बुझाउने बिहीबार अन्तिम दिन सम्ममा विभिन्न पदमा १ हजार ६ सय ८२ जनाले आवेदन बुझाएको पौडेलले जानकारी दिनुभयो ।

२ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जनाको आवेदन परेको छ ।

यस्तै १/१ जनाको माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमश: २८ र ३१ जनाको आवेदन परेको छ ।

अमीन सहायक चौंथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ ।

खुला प्रतिष्पर्धा बाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नु पर्ने भएकाले महानगरले गएको माग २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।

परीक्षा मिति भने अहिले तय भइ नसकेको र केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *