Categories समाचार समाज

बालमंदिर आधारभुत बिधालयमा १० थान पंखा सहयोग

वीरगन्ज । उपकार सेवा नेपाल संस्थाद्वारा आज एक कार्यक्रम गरि बिधालयलाई पंखा सहयोग गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित रहेको बालमंदिर आधारभुत बिधालयमा १० थान पंखा उपलब्ध गराइएको संस्था कि अध्यक्ष बिध्या सरावगीले जानकारी गराउनुभयो ।

Advertisement

आउदै गरेको गर्मीका कारण पठनपाठनमा बालबालिकालाई कुनै किसिमको समस्या नहोस् भन्ने उदेश्यका साथ संस्थाको आर्थिक सहयोगमा सो बिधालयको कक्षा कोठामा जाड़ान गर्नका लागि १० थान सिलिगं पंखा संस्थाकी अध्यक्ष सरावगीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश प्रसाद अग्रवाल र प्रधानाध्यापक चन्देश चौहानलाई हस्तान्तरण गरेकि हुन ।

Advertisement

बिधालयको परिसरमा गरिएको सो हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सज्जन अग्रवाल, सुमन बगरिया, समाजिक अभियन्ता प्रकाश थारु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *