Categories समाचार

जनमत पार्टी निकट विद्यार्थी संघको ठाकुरराममा एकाई कमिटि गठन

वीरगन्ज । सिके राउतको जनमत पार्टी निकटको विद्यार्थी संघको आइतबार वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा एकाई कमिटि गठन भएको छ ।

विद्यार्थी जनमत संघ पर्साले राजु गिरीको अध्यक्षता तथा पूर्व स्ववियू सभापति र हाल जनमत पार्टीका नेता मुकेश द्धिवेदीको प्रमुख आतिथ्यमा एकाई कमिटि गठन भएको हो । 

Advertisement

ठाकुरराम बहुमुखी क्याम्पसको एकाई कमिटि अध्यक्षमा सुभम सिंह चयन भएका छन् । सिंह अध्यक्ष हुने गरि गठन भएको २१ सदस्य एकाई कमिटि आइतबार नै ठाकुरराम क्याम्पसको प्रशासन शाखामा दर्ता समेत गरिएको थियो । 

Advertisement

एकाई कमिटिको उपाध्यक्षमा संतोष चौहान, जिवन चौधरी, सचिवमा जय राज गुप्ता, सहसचिवमा विशाल गुप्ता, सदस्यमा शुभम अर्याल, अंकुश मण्डल, शिवम मिश्रा, रंजन यादव, अमित पटेल, करन गुप्ता, जशवन्त कुमार, चन्देश्वर महतो, दिलिप यादव, संदिप शाह, सन्देश ठाकुर, सोनाली पटेल, पुनम कुमारी, विशाल शाह कानु र मिथलेश कुमार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *