Categories समाचार

नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न एक जना प्रहरी नियन्त्रणमा

Advertisement

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनपाती घर भई हाल भक्तपुर बस्दै आएका नवीन मानन्धर रहेका छन् । 

उनले केही व्यक्तिहरूले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो । 

Advertisement

सोही क्रममा उनलाई सोमबार पेला पारेर खानतलासी गर्दा नक्कली लाइसेन्स बरामद भएको थियो । उनलाई मङ्गलवार लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *