Categories समाचार

वीरगञ्ज : खैरो हिरोइन सहित दुईजना पक्राउ

वीरगञ्ज । प्रतिबंधित लागुऔषध खैरो हिरोइन सहित दुईजना लाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला माल्दा बमनग्राम बस्ने वर्ष २९ को महम्द नायम शेख र जिल्ला गोरखा घार्चे गाउपालिका वडा नं.६ हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ बस्ने वर्ष २४ को सुरेश घले रहेका छन।

Advertisement

वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ संकास्पद रूपमा आई रहेका शेखलाई फेला पारी खानतलासी गर्दा निजले भिरेको झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट गरी जम्मा खैरो हिरोइन ३ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए।

Advertisement

लागुऔषधलाई बरामद गरी महमद नायम शेखसंग प्रारम्भिक अनुसन्धान गर्दा सुरेश घलेले मगाएको हुँदा निजलाई दिन जादैँ गरेको भन्ने खुल्न बुझीन आएको हुँदा लागु औषध अनुसन्धान व्युरो कोटेश्वर संग समन्वय गरी निज सुरेश घलेलाई समेत पक्राउ गरी पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भैरहेको डीएसपी गिरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *