Categories समाचार

भारतीय नागरिक एक करोड बढी मुल्यको सुन र हिराको गरगहना सहित पक्राउ

चितवन । तीन जना भारतीय नागरिक एक करोड बढी मुल्यको सुन र हिराको गरगहना सहित चितवनबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरीक्षक सुबाष भट्टको कमाण्डमा खटिएको प्रहरीले गोन्द्राङ चेक पोस्टबाट डब्लु बी १२ एभि ५५६६ नम्वरको नेक्सन कम्पनीको कारसहित तीन जना पक्राउ गरिएको पत्रकार संमेलन मार्फत जानकारी गराईएको थियो ।

Advertisement

पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, कारमा सवार भारतको पश्चितम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपत कुमार तोसावर र कारमा सवार सोही स्थानका वर्ष ४२ का नरेश बर्मा रहेका छन् ।

Advertisement

बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले बुधबार विहान १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. १२ गोन्द्राङस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा पूर्वबाट पश्च्मि तर्फ आउँदै गरेको कारलाई रोकी कारमा सवार चालक समेत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई गाडीमा खोजतलास गर्दा बहुमूल्य गरगहना बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले चेकजाँच गर्दा उक्त कारको ड्राईभर बस्ने सिटको पछाडिको सिटमुनी (प्यासेन्जर सिट), गियर बक्स भित्र र एर फिल्टर भित्र लुकाई छिपाई ल्याएको गरगहना बरादम गरेको हो ।

बहुमुल्य हिरा र सुनका गर गहना, बिभिन्न किसिमका पत्थर समेत फेला परेकोले उक्त गरगहना, पथ्थर, कार र मानिस समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनका गरगहना ६३.८९८ तोला र हिराजडित गरगहना २२.८७८ तोला बरामद गरिएको र उक्त गरगहनाको अनुमानित मूल्य एक करोड १० लाख बराबरको रहेको छ । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *