Categories समाचार

बिल बिजक भन्दा बढी लत्ताकपडा लोड रहेको पिकअप प्रहरी नियन्त्रणमा

वीरगञ्ज । बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको पिकअप पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको पिकअप गाडी विरगञ्ज तर्फ ल्याउदै गरेको  सूचनाका आधारमा नियन्त्रणमा परेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले फागुन १७ गते वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डबाट बि आर ०५ जि बि ९३२३ नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको थियो ।

Advertisement

उक्त पिकअप पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिएका छन ।

पक्राउ परेका पिकअप र सो भित्र लोड रहेको लत्ताकपडाहरूको पचीस लाख एकतिस हजार तिन सय दश रुपैयाँ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *