रामजी यादव
बीरगंज । हाम्रो बिबाह प्रा.लि.( डट- कम) को उद्घाटन समारोह कार्यक्रम पदम पार्टी पैलेस बीरगंजमा आज सम्पन्न भएको छ ।
हाम्रो बिबाह प्रा.लि.(डट -कम) को कार्यालय बीरगंज महानगरपालिका वडानं.११ ओम आश्रम स्थित रहेको छ।
संचालक श्याम कुमार कुशवाहाको सभापतित्वमा भएको उद्घाटन समारोह कार्यक्रममा समाजमा हुदै आएको दहेज कुप्रथा, कुरिती र बिसंगतीलाई अन्तय गरि केटा केटी पक्षलाई समन्वय गराई शैक्षिक योग्यताको साथै सामाजिक रितीरिवाज अनुसार केटा केटीको बिबाह गराउने मुख्य उदेश्य रहेको बताउनुभयो ।
सामाजिक रितीरिवाज अनुसार केटा केटीको जोडी मिलाई दुबै पक्षको अभिभावकलाई सम्झाई बुझाई दहेज कुप्रथा कुरितीलाई नियन्त्रण गरिने र बिस्तारित रुपले खोजतलास गरि ,मनचाहिने जिवन साथी भेटाईदिने,साथै राम्रो सल्लाह सुझाव र सहजकर्ताको रुपमा बैबाहिक ब्यवस्थाको सुबिधा दिलाईदिने उदेश्यले हाम्रो बिबाहको स्थापना भएको थप्नुभयो ।
समाजमा महिला र पुरुष पक्षमा हुदै आएको समस्याको सामाधान तर्फ निरन्तर प्रयास गरिने हाम्रो बिबाह प्रा.लि.(डट -कम) का सल्लाहकार मालती कुशवाहाले बताउनु भयो।
उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथी पर्सा जिल्ला अदालतका न्यायधिश श्री बिनोद कु.पोखरेल, अतिथी नरेन्द्र तिवारी, सुरेन्द्रनाथ तिवारी,पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ज्योतिष पंडीत पुरुषोत्तम दुबे,राजनारायण मिश्रा,सहयोगी अतिथी फुलेना कुशवाहा,सामाजिक अभियन्ता बृजेश्वर चौधरी, लगायत सामाजिक संस्थाका बुद्धिजीवी पत्रकारहरुको सहभागिता रहेको थियो।



